कैलाली–५ बाट धनगढीका मेयर सर्वाधिक मतका साथ काँग्रेस महाधिवेशन प्रतिनिधिमा चयन
बुधबार, ०८ मङ्सिर २०७८, २० : ५२
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । क्षेत्रीय अधिवेशनले धनगढी उपमहानगरका मेयर नृप वडलाई सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
जिल्ला प्रचार प्रसार समिति संयोजक नृप सुनारका अनुसार वडले ५२८ मतमध्ये ३७७ मत ल्याएका छन् । यस्तै कैलाली जिल्लाका काँग्रेस सभापतिसमेत रहेका नरनारायण शाह ३६२ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा विजयी हुने अन्यमा क्षितिज भण्डारी, प्रकाश देउवा, डिल्लीराज पन्त, गणेश देउवा, कृष्ण बहादुर महरा, नारायण भट्ट, उद्धव बिष्ट र हरिश खड्का छन् । प्रत्यक्ष महिलातर्फ डम्बरी महरा (रक्षा), निपा चोखाल, पुष्पा भट्ट, रिता भण्डारी विजयी भएका छन् । समावेशी अपाङ्ग तथा मधेसीमा धर्मराज ओझाले २२४ मत ल्याएर विजयी भएको सुनारले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण