आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३५ निर्वाचन क्षेत्रबाट काँग्रेसले छान्यो ३५०० बढी प्रतिनिधि

बिहीबार, ०९ मङ्सिर २०७८, ०६ : ४३
बिहीबार, ०९ मङ्सिर २०७८

नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु  हुन  दुई  साता  अघिसम्म  तीन  हजार  ५१०  जना  महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

 पार्टीको केन्द्रीय निर्वाचन  समितिका  सचिव  तथा  अधिवक्ता  जगन्नाथ  श्रेष्ठले  १६५  निर्वाचन  क्षेत्रमध्ये  हालसम्म  १३५  वटा  निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।
काँग्रेसको  विधानअनुसार,  हरेक  निर्वाचन  क्षेत्रबाट  क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ ।

सचिव श्रेष्ठले अब  ३०  वटा  निर्वाचन  क्षेत्रबाट  महाधिवेशन  प्रतिनिधि  चयन हुन बाँकी रहेको जानकारी दिए । गोरखापत्रमा समाचार छापिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप