अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार नहुने बताएका छन्।
- उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको औँल्याएका छन्।
- पौडेलले आफू मन्त्री हुँदा सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउन नीतिगत आधार तयार पारेको दाबी गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तनका लागि सतही काम गरेर मात्र नपुग्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नरहने टिप्पणी गरेका हुन्। उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको औँल्याएका छन्।
नेता पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा रहँदा आम नागरिकलाई सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउन महत्त्वपूर्ण नीतिगत आधारहरू तयार पारेको दाबी गरेका छन्। उनले देशभर औषधिको समान मूल्य कायम गर्न र आपूर्ति सहज बनाउन सेन्ट्रल बिडिङ(लोकल पर्चेजिङ सञ्चालन तयारी गरिएको स्मरण गराएका छन्।
'विज्ञहरूमार्फत जेनेरिक औषधिको मूल्य निर्धारण र औषधिको मूल्य समायोजन सम्बन्धी नीतिगत व्यवस्थाका लागि हामीले अध्ययन प्रतिवेदन तयार पारेका थियौँ,' पौडेलले भनेका छन्, 'साथै औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक तथा अतिरिक्त खाद्य पोषण नियमनका लागि नयाँ विधेयक र मूल्य कायम गर्ने निर्देशिका समेत तयार गरी रायका लागि पठाइएको थियो।'
नेता पौडेलले बजेटको समयमा आफूले आवश्यक व्यवस्थापन गरे पनि पछिल्लो समय ती महत्त्वपूर्ण कामहरू ओझेलमा परेकोमा चासो व्यक्त गरेका छन्। उनले स्वास्थ्य क्षेत्रमा नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
-
सुनको मूल्य सामान्य बढ्यो
-
फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण