फिफा विश्वकप २०२६
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
आइतबार, २८ असार २०८३, ०८ : १५
सारांश
- खेलको ६७औँ मिनेटमा ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई अर्जेन्टिनाविरुद्ध १-१ को बराबरीमा ल्याए।
- कप्तान लियोनेल मेस्सीको असिस्टमा १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले अर्जेन्टिनाका लागि गोल गरेका थिए।
- बराबरीपछि दुवै टोली सेमिफाइनल प्रवेशका लागि निर्णायक गोलको खोजीमा छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाको अग्रता टिक्न सकेन। खेलको ६७औँ मिनेटमा ड्यान एन्डोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा फर्काएका छन्।
अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट असिस्टमा म्याक एलिस्टरले गोल गरेका थिए।
तर दोस्रो हाफमा स्विट्जरल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै अर्जेन्टिनामाथि दबाब बढायो। त्यसैको परिणामस्वरूप ६७औँ मिनेटमा एन्डोयेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
बराबरीपछि खेल थप रोमाञ्चक बनेको छ। अब दुवै टोली सेमिफाइनलमा स्थान बनाउन निर्णायक गोलको खोजीमा छन्। यस खेलको विजेताले अन्तिम चारमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण