मृत्युको अफवाह फैलाउनेहरुलाई दिलिप कुमारले दिए यस्तो जवाफ
९४ वर्षका दिलिप कुमारले शुक्रबार केही ट्वीटर गरेर आफू जीवित भएको पुष्टि गर्नुपरेको छ । रिपोर्टका अनुसार बिशिबार राती अचानक उनी र उनकी श्रीमती सायरा बानो त्यतिबेला अचम्ममा परे जब केही मानिसहरुले फोन र मेसेज गरेर दिलिपको स्वास्थयबारे सोधपुछ गर्न थाले । वास्तवमा, कसैले उनको मृत्युको झुटो खबर फैलाएका थिए । अफवाहलाई खण्डन गर्नका लागि दिलिपले नयाँ पाइन्ट र सर्ट लगाएर फोटो खिचाए र ट्वीटरमा पोष्ट गरे ।
दिलिपले फोटोको क्याप्सनमा लेखे, ‘सायराले मलाई यो पाइन्ट र शर्ट लगाउन भनिन् । यो आरामदायी छ ।’
त्यसपछि उनले एक अन्य फोटो सेयर गरे जसमा उनले लेखे, ‘र यो दिउँसोको लञ्च पछि खिचिएको तस्बिर हो । ग्रिन टीको मज्जा ।’
साथै, दिलिपले अन्य केही ट्वीट गर्दै लेखे, ‘म केही समयदेखि यो माध्यमबाट टाढा थिएँ । मेरो मन सधैं तपाईंहरुसँगै रहन्छ र तपाईंको शुभकामना र प्रार्थना मसम्म पुग्ने गर्दछ ।’
‘अल्लाहको कृपा हामीमाथि छ । यो रमजान मेरो स्वास्थ्य पूर्ण रुपमा ठिक छ । नियमित औषधी र अनियमित निन्द्राका कारण ब्रत भने बस्न सकिनँ ।’
‘ममाथि र सायरामाथि अल्लाहको कृपा छ । हामीप्रति तपाईंहरुले दर्साउनु भएको प्रेम र शुभकामनाका लागि धन्यवादले मात्र पुग्दैन ।’
‘आज पनि अवार्ड र सम्मानका लागि निम्तो आउने गर्दछ । स्वास्थ्यका कारण यात्रा गर्न र अवार्ड सम्मानलाई व्यक्तिगत रुपमा स्विकार गर्न सक्दिनँ । तर धन्यवाद ।’
स्मरण रहोस्, दिलिपले प्रशंसक र साथीसँग सम्पर्कमा रहिरहनका लागि सन् २०११ को नोभेम्बरमा ट्वीटर ज्वाइन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण