नारायणी किनारमा नेता कार्यकर्ताको सेल्फी (फोटोफिचर)
शुक्रबार, १० मङ्सिर २०७८, १० : २१
चितवन । नेकपा एमालेको महाधिवेशन स्थल नारायणी किनारामा सेल्फी खिच्नेको आकर्षण देखिएको छ । शुक्रबार बिहानैदेखि बाहिरी जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका एमाले नेता कार्यकर्ताहरू अवसरको सदुपयोग गर्दै नारायणी किनारमा सेल्फी खिचिरहेका देखिन्थे । टाढाटाढाबाट आएकाहरू कोही भने कार्यक्रम स्थल आसपासमा खाजा खादै गरेका देखिन्थे भने कोही आराम गरिरहेका थिए ।
शुक्रबार दिउँसो एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । ५ लाखभन्दा बढीको जनसहभागितामा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्दैछन् । महाधिवेशनमा सहभागी हुन एमालेले देशभरबाट नेता कार्यकर्ता चितवनमा उतारेको छ । उनीहरू एमालेको झण्डासहित चितवन आइपुगेका हुन् । कार्यक्रम स्थल नारायणी किनारमा महाधिवेशनलाई व्यवस्थित बनाउन एमालेका ५ हजारभन्दा बढी स्वयंसेवक खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई