एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा
एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबारबाट सुरू हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।
सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनेमा आफू विश्वस्त रहेको बताएका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताएका हुन् ।
कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले ढकालले भने, ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस भन्नेछ । म सचिवका लागि योग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन् । त्यसकारण म सचिवको उम्मेदवार हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै