यो साता सुनचाँदीको मूल्यमा गिरावट
शनिबार, ११ मङ्सिर २०७८, १६ : ००
यो साता सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ९०० मा आइपुगेको हो ।
यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा २५ सयले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । साताको आइतबार घटेर कारोबार सुरु भएको सुनको मूल्य सोमबार र शुक्रबारबाहेक सबै दिन घटेको थियो ।
यसका साथै, यो साताको चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १२ सय ७५ रुपैयाँ कायम भएको चाँदीको भाउ यो साताको शुक्रबार १२ सय २५ रुपैयाँ तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण