माओवादी केन्द्र गुल्मीको १० पालिकामा नयाँ नेतृत्व, चन्द्रकोट र धुर्कोट बाँकी
मंसिर १० र ११ गते गरेर माओवादी केन्द्र गुल्मीले १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन भएको छ ।
मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ । गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँकमिटी गठन गरिएको माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्कीले जानकारी दिए ।
छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ भने सत्यवति गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्यीय गाउँकमिटी गठन गरिएको कार्कीले बताए । इस्मामा बसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी बिस्तार गरिएको छ । रुरु क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
कालिगण्डकी गाउँपालिकामा लिल बहादुर केसीको अध्क्षतामा ५३ सदस्य नयाँ गाउँ कमिटी गठन भएको माओवादी केन्द्र गुल्मीका जिल्ला सचिवालय सदस्य तेजेन्द्र सलामीले जानकारी दिए । मालिका गाउँपालिकामा देविराम अर्यालको नेतृत्वमा ४९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
त्यस्तै मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा ५छ सदस्यीय गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए । जिसीका अनुसार मंसिर १२ गते चन्द्रकोट गाउँपालिकाको अधिवेशन आयोजना गरिएको छ भने भने मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसी आउने कार्यक्रम रहेको रहेको छ । – न्युज काराखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण