प्रभातसँग रेश्माले कसिन् लगनगाँठो
सोमबार, १३ मङ्सिर २०७८, १५ : ५१
मोडल तथा अभिनेत्री रेश्मा घिमिरेले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग सोमबार लगनगाँठो कसेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका आफन्त, परिवार, साथीभाइ र केही फिल्मकर्मी सहभागी छन् ।
अमेरिकामा रहँदै आएका प्रभातसँग गतवर्ष इन्गेज्मेन्ट गरेकी उनले इन्गेज्मेन्ट भएको एकवर्ष पछि विवाह गरेकी हुन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा भने म्युजिक भिडियोकी सफल मोडल हुन् । उनी टिकटकमा समेत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार
-
प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : सांसद सापकोटा
-
जनसङ्ख्या असन्तुलन मिलाउन सरकारसँग सांसद श्रेष्ठको माग
-
कांग्रेस प्रदेशको भाषा साहित्य कला संस्कृति विभागले बोलायो बैठक
-
‘एमाले र रास्वपाबिच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी छ’
-
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ