चपली हाइटसँग जुधाउन अल्लु अर्जुनको फिल्म भित्रिएपछि निर्माताको आक्रोश
निर्माता अर्जुन कुमारले नेपाली फिल्म सिध्याउन नेपाली नै लागि परेको भन्दै आक्रोश पोखेका छन् । ‘चपली हाइट ३’ सँग जुधाउन नेपाली वितरकले अल्लु अर्जुन अभिनित साउथ फिल्म ‘पुष्पा’ नेपाल भित्र्याएपछि उनी आक्रोशित बनेका हुन् । यो फिल्म वितरक मनोज राठीले नेपाल ल्याएका हुन् ।
नेपाली फिल्मका लागि भारतीय फिल्म अभिशाप भएको उनले बताए । नेपाली फिल्मका सबै निर्माता एक भएर भारतीय फिल्म विरुद्ध लाग्नुपर्ने उनको धारणा उनले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । ‘डेढ दुई लाखमा हिन्दी डब फिल्म ल्याएर नेपाली फिल्मलाई तर्साउन खोज्छस् ? याद गर, नेपाली मेकरलाई सधैँ यसरी नसताऊ । फेरि पछुताउनु पर्ला’ उनले फेसबुकमा लेखेका छन् ।
नेपाली फिल्म उद्योग चलायमान बनाउन आफूले पुस २ मा ‘चपली हाइट ३’ रिलिज गर्न लागेको दाबी गरेका अर्जुनले विदेशी फिल्म नेपाल भित्र्याएर आफू विरुद्ध चलखेल गरेको आरोप लगाए । ‘म नेपाली फिल्म चल्नुपर्छ, निर्माता बच्नुपर्छ भनेर रिक्स मोलेर फिल्मी माहोल फर्काउन फिल्म रिलिज गर्न लागेको छु’ अर्जुन कुमारले गुनासो गरेका छन्, ‘हाम्रै नेपाली फिल्मका वितरक मेरो फिल्मसँग जुधाउन हिन्दी फिल्म ल्याउँछन् ।’ केही रकमको लोभमा नेपाली फिल्म विरुद्ध लाग्नेलाई सबै निर्माताले मिलेर तह लगाउनु पर्ने अर्जुन कुमारको भनाइ रहेको छ ।
अर्जुनले निर्माण गरेको फिल्म ‘चपली हाइट ३’ निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
-
अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द (तस्बिरहरू)
-
चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण