कमल र राजेन्द्रको तानातानमा पशुपति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षमध्ये एक पशुपति शमशेर राणा आसन्न महाधिवेशनमा अध्यक्षका दुई आकाङ्क्षी कमल थापा र राजेन्द्र लिङ्देनको तानातानमा परेका छन् । भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको पूर्वसन्ध्या दुवै पक्षले राणालाई आफ्नो प्रभावमा पार्न कसरत सुरु गरेका हुन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदा दुवै पक्षलाई राणाको साथ अपरिहार्य रहेको छ । त्यसैले दुवै पक्षले राणालाई आफ्नो पक्षमा ल्याउन प्रयास सुरु गरेका हुन् ।
पार्टी स्रोतका अनुसार मंगलबार बिहान मात्र सगुन लावतीलगायतका नेताहरू राणालाई भेट्न उनको निवास पुगेका थिए । उनीहरूले राणालाई भेटेर लिङ्देनको पक्षमा खुल्न आग्रह थिए । लावतीहरू राणा निवासमा पुगेको थाहा पाएपछि कमल थापाले पनि आफूनिकट नेताहरूलाई राणालाई भेटेर कुराकानी गर्न उनको निवास पठाएका छन् ।
राणा भने हालसम्म कसैको पक्षमा खुलेका छैनन् । आज नै उनले महाधिवेशनलाई केन्द्रित गरेर पत्रकार सम्मेलनको पनि आयोजना गर्दैछन् । त्यहाँ उनी कसको पक्षमा खुल्छन् भनेर चासोका साथ हेरिएको छ । अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने आजमात्रै लिङ्देनलाई आफ्नो समर्थन रहेको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा