राप्रपाको संशोधित निर्वाचन कार्यतालिका : आज मनोनयन, भोलि मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन तालिका प्रकाशन गरिएको छ । बिहीबार राति नै ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित गरेको निर्वाचन समितिले आजदेखि मनोनयन दर्ता लगायतको बाँकी प्रक्रिया सुरु गरेको छ । जसअनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि दरखास्त फाराम वितरण गर्न थालिएको छ भने साढे ७ देखि साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध र सच्याउने समय दिइएको छ भने ११ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ ।
त्यसपछि साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, २ देखि ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र ५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु हुनेछ ।
राप्रपाको अध्यक्षमा उम्मेदवारी दर्ताका लागि १ लाख, उपाध्यक्षमा ७५ हजार महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
-
भीएआरको निर्णय र इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि उठायो प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ
-
अमेरिकामा लरेन्स बिश्नोई र गाेल्डी बरारमाथि मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण