दाङमा बसको ठक्करबाट १ जनाको मृत्यु
आइतबार, १९ मङ्सिर २०७८, ११ : ४७
दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई वनजङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दुध छाडेर फर्किदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण