बागमती काँग्रेसको सभापतिमा रोचक प्रतिस्पर्धा : केसीलाई पछि पार्दै बानियाँको अग्रता
आइतबार, १९ मङ्सिर २०७८, २० : ३२

नेपाली काँग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मतगणनामा कहिले बानियाँ अगाडि त कहिले केसीको अग्रता हुन थालेपछि रोचक प्रतिस्पर्धा भएको हो ।
जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत पाएका छन् । यसअघि केसीले अग्रता लिएका थिए । तर अहिले भने बानियाँ ३८ मतले अग्रता कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त