विजयी भएलगत्तै इन्द्र बानियाँको उद्घोष : ओलीको डन शैलीलाई परास्त गरेर छाडिन्छ

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा जित हासिल गरेका इन्द्र बानियाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको डन शैलीलाई परास्त गरेर छाड्ने बताएका छन् । विजयी भएलगत्तै कार्यकताहरुलाई सम्बोधन गर्दै बानियाँले बागमती प्रदेशमा काँग्रेसलाई स्थापित गरी कम्युनिस्टको लाल किल्ला भत्काउने बताए ।
उनले पार्टी अब एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीमा को हार्यो, को जित्यो भन्दा पनि अब एकताबद्ध भएर अघि बढ्नुपर्छ । म काँग्रेसका कसैलाई पनि लाखा-पाखा गर्दिन । प्रदेशमा गुटरहित काँग्रेस स्थापना मेरो लक्ष्य हो । प्रदेशभर काँग्रेसले जित्नुपर्छ भनेर म लागेको छु ।’
उनले काँग्रेसले प्रदेशका सबै क्षेत्रमा जित हासिल गर्नुपर्नेमा जोड दिँदै भने, ‘म त्यो दिन माला लाउँछु, उत्सव मनाउँछु, जुन दिन काँग्रेसले प्रदेशका सबै क्षेत्रमा जित्छ ।’ उनले आफुलाई मत दिने सबै प्रतिनिधिहरूलाई धन्यवाद दिँदै भने, ‘मलाइ मत दिने सबै प्रतिनिधिहरुले मसहित भीमसेनदास प्रधान र जगदीश्वरनरसिह केसीलाई ठुलो जिम्मेवारी दिएकाले त्यसमा म अविचलित रुपमा लाग्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीय युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य
-
गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित
-
हत्या गरेर उखुबारीमा फाले, मृतकको चप्पल लगाएपछि खुल्यो घटना
-
इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुनखानीमा पहिरो जाँदा ६ जनाको मृत्यु, १४ बेपत्ता