अपडेट : डीएसपी सवार गाडीले सांसद सवार गाडीलाई ठक्कर दिएको पुष्टि
सारांश
- कोशी प्रदेशका सांसद सवार गाडीलाई डीएसपी सवार गाडीले ठक्कर दिएको पुष्टि भयो।
- दुर्घटनामा चार सांसद सवार थिए, जसमा मैयाँ श्रेष्ठ, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ थिए।
- दुर्घटनाबाट मानवीय क्षति नभएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई ठक्क दिएको पुष्टि भएको छ ।
सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो ।
कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको पुष्टि भएको हो ।
सांसद सवार कारका
चालक झापा दमक नगरपालिका १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । सांसद मैया श्रेष्ठ लावती नेपाली कांग्रेसकी सांसद हुन् । यस्तै राधाकृष्ण खनाल एमालेका सांसद हुन् । उनी झापा क्षेत्र नम्बर ४(१) बाट निर्वाचित भएका हुन् ।
नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन् । उनले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।’
सांसदहरु कोशी प्रदेशसभाको आजको बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका थिए । प्रदेशसभामा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण