बागमती प्रदेशसभा बैठक सुरु
सोमबार, ०५ जेठ २०८२, १३ : १९
सारांश
- बागमती प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भयो।
- सत्तापक्ष र प्रतिपक्षबीच बजेट र हिउँदे अधिवेशनबारे सहमति जुट्न नसक्दा ढिलाइ भएको हो।
- मुख्यमन्त्रीको आग्रहमा शुभकामना मन्तव्यबाट बैठक सुरु गरियो, अन्य कार्यसूची सहमतिपछि मात्रै अघि बढ्नेछ।
हेटौँडा । बागमती प्रदेशसभा बैठक सोमबार प्रदेशसभा भवन हेटौँडामा सुरु भएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको हो । सोमबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक दिउँसो एक बजेपछि सुरु भएको हो ।
सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो । माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्ष दलहरूलाई मुख्यमन्त्री लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचीमा बैठक सञ्चालन गरिएको हो ।
अधिवेशन बैठक सुरु गर्न भए पनि संसद्का अन्य कार्यसूची भने अघि नबढाउने संसद् सचिवालयले जनाएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबिचको सहमतिपछि मात्र बैठकका कार्यसूची अघि बढाउने तयारी संसद्को रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण