बागमती प्रदेशसभा बैठक सुरु
सोमबार, ०५ जेठ २०८२, १३ : १९

समाचार सारांश
- बागमती प्रदेशसभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भयो।
- सत्तापक्ष र प्रतिपक्षबीच बजेट र हिउँदे अधिवेशनबारे सहमति जुट्न नसक्दा ढिलाइ भएको हो।
- मुख्यमन्त्रीको आग्रहमा शुभकामना मन्तव्यबाट बैठक सुरु गरियो, अन्य कार्यसूची सहमतिपछि मात्रै अघि बढ्नेछ।
हेटौँडा । बागमती प्रदेशसभा बैठक सोमबार प्रदेशसभा भवन हेटौँडामा सुरु भएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको हो । सोमबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक दिउँसो एक बजेपछि सुरु भएको हो ।
सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो । माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्ष दलहरूलाई मुख्यमन्त्री लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचीमा बैठक सञ्चालन गरिएको हो ।
अधिवेशन बैठक सुरु गर्न भए पनि संसद्का अन्य कार्यसूची भने अघि नबढाउने संसद् सचिवालयले जनाएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबिचको सहमतिपछि मात्र बैठकका कार्यसूची अघि बढाउने तयारी संसद्को रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सातौँ दिनमा बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार
-
प्रधानन्यायाधीशबाट दुई आयोगका अध्यक्षले लिए सपथ
-
द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराजको घरमा पुगे प्रचण्ड
-
सम्झौताअनुसार भारत–नेपाल सीमा नाका खोल्न भारतीय नेतासमक्ष आग्रह
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट छैटौँ पटक कसरी भयो हेर्न नमिल्ने ?