हुम्ला पहिराे
हुम्ला अपडेट : जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, सशस्त्र प्रहरी परिचालन
सोमबार, ०५ जेठ २०८२, १३ : ५१
सारांश
- हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा सुक्खा पहिरो गएपछि १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
- सशस्त्र प्रहरीका अनुसार पहिरोले स्थानीय बासिन्दाको घरमा क्षति पुर्याएको छ र उद्धार सामग्रीसहित प्रहरी टोली परिचालन गरिएको छ।
- पहिरोको कारण र माथिल्लो भागमा हिमतालको आशंकाबारे अनुसन्धान भइरहेको छ।
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिममा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आवश्यक विपद् उद्धार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सशस्त्र प्रहरी टोली उक्त स्थानमा परिचालित भएको उनको भनाइ छ ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानीको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमताल रहेको आशङ्का गरिएको छ ।
आशङ्का गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण