सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
हुम्ला पहिराे

हुम्ला अपडेट : जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, सशस्त्र प्रहरी परिचालन

सोमबार, ०५ जेठ २०८२, १३ : ५१
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा सुक्खा पहिरो गएपछि १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
  • सशस्त्र प्रहरीका अनुसार पहिरोले स्थानीय बासिन्दाको घरमा क्षति पुर्‍याएको छ र उद्धार सामग्रीसहित प्रहरी टोली परिचालन गरिएको छ।
  • पहिरोको कारण र माथिल्लो भागमा हिमतालको आशंकाबारे अनुसन्धान भइरहेको छ।

हुम्ला ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिममा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्‍याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

आवश्यक विपद् उद्धार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सशस्त्र प्रहरी टोली उक्त स्थानमा परिचालित भएको उनको भनाइ छ । 

पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानीको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमताल रहेको आशङ्का गरिएको छ । 

आशङ्का गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप