टिपरको ठक्करबाट प्युठानमा आमाछोराको मृत्यु
प्युठानमा टिपरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर ३ घुर्चनेका ३५ वर्षीया अमृत थापा र उनका ४ वर्षीया छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
आज दिउँसो स्थानीय चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवी गाउँपालिका ५ स्थित चकचके –चेरनेटा सडकखण्डमा ठक्कर दिँदा उनीहहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै गर्दा टिपरले ठक्कर दिएको हो । प्रहरीले दुर्घटनामा अटोमा सवार प्युठान नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ८ की दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा घाइते भएको जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
-
कपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण