शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो

शुक्रबार, ०१ साउन २०८३, ०९ : ११
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • शेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर आजदेखि बढेको छ ।
  • आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमा उल्लेख भए बमोजिम आजदेखि यस्तो लाभमा कर बढ्न लागेको हो ।
  • अब एक वर्षभित्र शेयर बेचेमा १० प्रतिशत र एक वर्षपछि बेचेमा ७.५ प्रतिशत लाभकर लाग्नेछ ।

काठमाडौँ । शेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर आजदेखि बढेको छ । 

आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमा उल्लेख भए बमोजिम आजदेखि यस्तो लाभमा कर बढ्न लागेको हो । 

अब कुनै व्यक्तिले शेयर किनेको एक वर्षभित्र त्यस्तो शेयर बेच्छ र त्यसबाट नाफा गर्छ भने त्यस्तो १० प्रतिशत कर लाग्नेछ । 

त्यस्तै किनेको एक वर्षभन्दा लामो अवधिपछि बिक्री गर्दा हुने लाभमा ७.५ प्रतिशत लाभकर लाग्नेछ । 

यो गत आर्थिक वर्षमा क्रमशः ७.५ प्रतिशत र ५ प्रतिशत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप