काँग्रेस महाधिवेशन : ६ बुँदे आचारसंहिता जारी, मतदानस्थलमा मोबाइल निषेध
नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । काँग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो ।
जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिनेछ । तर कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार-प्रसार गर्न रोक लगाइएको छ ।
यस्तै भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न मनाही गरिएको छ भने मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको छ ।
काँग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । जसअनुसार मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण