ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा !
नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन् । महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । महतको आग्रहअनुसार आफू शुभकामना दिन सहभागी हुने आश्वासन दिएका थिए । यसअघि कांग्रेसको औपचारिक निम्तो लिएर गएका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पनि अध्यक्ष ओलीले महाधिवेशनमा आउने जवाफ दिएका थिए ।
एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवनमा पुगेर शुभकामना दिएका थिए । एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहले निर्णायक कदम चालेदेखि ओली, प्रचण्ड र माधवकुमार नेपाल एकै मञ्चनमा सहभागी भएका छैनन् । शुक्रबार कांग्रेस महाधिवेशनमा ओली सहभागी भएको अवस्थामा प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट हुने भएको छ ।
नेकपा एमालेका नेता शेरबहादुर तामाङले कांग्रेसका महाधिवेशनमा अध्यक्ष ओली शुभकामना दिन जाने कार्यक्रम रहेको बताए । एमालेका अध्यक्ष ओलीले एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने कार्यक्रममा सहभागी नहुने नीति लिँदै आएका छन् । यसअघि संसद्को अवरोध हटाउनको प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी सहभागी भएको भन्दै एमालेले बहिष्कार गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण