बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी युनियन प्रदेश १ अध्यक्षमा खम्बु

सोमबार, २७ मङ्सिर २०७८, १० : ३८
सोमबार, २७ मङ्सिर २०७८

जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा खोटाङका रविन खम्बु चयन भएका छन् । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश कमिटी समायोजनको घोषणासँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा खम्बु चयन भएका हुन् ।

इटहरीस्थित जनता समाजवादी पार्टीको कार्यालयमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनको घोषणासँगै समाजवादी विद्यार्थी युनियनको ५९ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । 

समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा अरविन्द्र मण्डल, उपाध्यक्षहरुमा वरदान भरत राई, पवन राई, प्रज्ञा इजम लिम्बू, चन्द्र किराती, मिलन कोयी राई, टिएन सुब्बा र मिथिलेश यादव छन् । मुख्य सचिवमा कृष्ण गिरी चयन भएको समाजवादी विद्यार्थी युनियनले जनाएको छ ।

सचिवमा मनोज यादव, परमेश्वर यादव, योगेन्द्र राई र सुवास राई तथा कोषाध्यक्षमा फुलन मण्डल चयन भएका छन् । खम्बू समाजवादी विद्यार्थी फोरम र गिरी नयाँ शक्ति विद्यार्थी युनियनबाट क्रमशः अध्यक्ष र बरिष्ठ उपाध्यक्ष बनाइएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप