राति १२ बजेदेखि सभापतिको मतगणना गर्ने तयारी, ४ ठाउँमा गणना हुने
नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी भएको छ । काँग्रेस निर्वाचन समितिका सदस्य तेज रावलले मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको बताए । उनका अनुसार साढे १ बजेसम्म मतदानको समय तोकिएको छ भने बीचमा कुनै प्राविधिक समस्या नआए सो अवधिमा मतदान सकिनेछ ।
त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि मतदानको काम थालिनेछ । यसरी हेर्दा करिब १२ बजेदेखि मतदान सुरु हुनेछ । उनका अनुसार सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गनिनेछ ।
रातभरमा गणना सकिसक्ने उनको भनाइ छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ भने ४ ठाउँमा मतगणना गर्दा करिब ६० जना जनशक्ति आवश्यक पर्ने रावलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण