शशि थरुरले मिस युनिभर्ससँग फोटो राखे : प्रयोगकर्ताले भने, ‘तपाईं त राजनीतिको रणबीर कपुर’
केही दिन अघि २१ वर्ष पछि मिस युनिभर्सको ताज पुनः भारतीय सुन्दरी हरनाज सन्धूको पोल्टोमा परेको छ । हरनाज सन्धू भारतकी तेस्रो मिस युनिभर्स बनेकी छिन् । कांग्रेस नेता शशि थरुरले हरनाजसँग आफ्नो एउटा सेल्फी पोस्ट गरेर उनलाई बधाइ दिए । थरुरको तस्बिर पोस्ट गर्ने बित्तिकै सोसल मिडियामा प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरिहाले ।
शशि थरुरले हरनाजसँँग फोटो सेयर गर्दै लेखे, ‘मिस युनिभर्स हरनाज कौरलाई बधाई दिइराख्दा खुसी लागेको छ । उनी नयाँ वर्षको छुट्टीका लागि भारत आएकी छिन् र निश्चित रुपमा भारतले उनको स्वागत गर्न पाउँदा गर्व महसुस भइरहेको छ । उनी स्टेजमा जति आकर्षिक छिन् प्रत्यक्ष भेट्दा पनि त्यति नै सुन्दर छिन् ।’
थरुरको यो पोस्टमा ट्वीटर प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । सत्येन्द्र सिंह नामका प्रयोगकर्ताले लेखे, ‘सर एउटा मेसेज शहिद ग्रुप क्याप्टेन वरुण सिंहका लागि गरिदिनु न प्लिज ।’
Delighted to congratulate Miss Universe @HarnaazKaur Sandhu in person on her triumphant return to India. She’s excited to be back in India for the New Year holidays & India, of course, is proud to welcome her. She’s just as poised & charming in person as on the stage. pic.twitter.com/OBj0KeTkoQ
— Shashi Tharoor (@ShashiTharoor) December 15, 2021
अर्का एक प्रयोगकर्ताले ट्वीट गर्दै सोधे, ‘के शशि थरुरले गणितिज्ञ निना गुप्तालाई बधाई दिए जसले रामानुजन अवार्ड जितिन् ?’
तरुण जोशीले शशि थरुरलाई भने, ‘तपाईं त राजनीतिको रणबीर कपुर हुनुहुन्छ ।’
यसअघि पनि ६ महिला सांसदसँग कांग्रेस सांसद शशि थरुरको एउटा तस्बिर निकै भाइरल भएको थियो । यो तस्बिरलाई शशि थरुरले आफ्नो ट्वीटरमा सेयर गरेका थिए । थरुरले यसको क्याप्सनमा लेखेका थिए, ‘कसले भन्छ लोकसभा काम गर्नका लागि आकर्षक स्थान होइन । ६ साथी महिला सांसदसँग ।’
Delighted to congratulate Miss Universe @HarnaazKaur Sandhu in person on her triumphant return to India. She’s excited to be back in India for the New Year holidays & India, of course, is proud to welcome her. She’s just as poised & charming in person as on the stage. pic.twitter.com/OBj0KeTkoQ
— Shashi Tharoor (@ShashiTharoor) December 15, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण