३ हजार घुस लिइरहेको अवस्थामा वडा सचिव पक्राउ
शुक्रबार, ०२ पुस २०७८, १६ : ३८
रुपन्देहीको भैरहवामा एक वडा सचिव सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण