शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डलरको मूल्य उच्च, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

सोमबार, ०५ पुस २०७८, ०७ : ५१
सोमबार, ०५ पुस २०७८

आज सोमबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।

यता एक यूरोको बिक्री मूल्य १३७.१९ र खरिद मूल्य १३६.५१ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६१.६६ र खरिददर १६०.८७ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.२६ रुपैयाँ र खरिददर ८८.८२ रुपैयाँ कायम छ ।

यस्तै, १० जापानी येनको बिक्रीदर १०.७३ रुपैयाँ हुँदा खरिद दर १०.६८ रुपैयाँ छ । चिनियाँ युवानको बिक्रीदर १९.१४ रुपैयाँ र खरिद १९.०५ रुपैयाँ कायम छ । यसैगरी, साउदी रियालको बिक्री मूल्य ३२.५२ रुपैयाँ र खरिद मूल्य ३२.३६ रुपैयाँ तथा कतारी रियालको बिक्री दर ३३.५२ र खरिददर ३३.३५ रुपैयाँ छ ।

३३.२३ रुपैयाँ बिक्री मूल्य कायम भएको संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिद मूल्य ३३.०६ रुपैयाँ छ । यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.९२ र खरिददर २८.७८ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप