लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तार
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बुधबारदेखि थप ४ प्रकारका सेवा थप गरेको छ । बुधबार एक समारोहका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमर्जेन्सी सेवाको शुभारम्भ गरेका हुन् ।
सो क्रममा बोल्दै मन्त्रीले लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या रहेको बताउँदै प्रदेश लोक सेवा आयोगको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको गुनासो गरे ।
मन्त्रालयका सचिव बिकास देवकोटाले लुम्बिनी प्रादेशिक अस्पताललाई सोही अनुसार सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान दिन आग्रह गरे । अस्पताल बिकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पताललाई प्रदेशकै गौरवका रुपमा बिकास गर्ने लक्ष्य प्रस्तुत गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकालले उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्यका लागि ट्रमा वार्ड स्थापना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण