लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा विस्तार, कोभिड इमर्जेन्सीसहित ट्रमा वार्डसम्म
लुम्बिनी प्रादेशिक अस्पतालले एकै पटक चार वटा सेवा बिस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा वार्ड, कोभिड इमर्जेन्सी र भिसिटिङ्ग सेवा विस्तार भएको हो ।
विस्तारित सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री ईन्द्रजीत थारुले शुभारम्भ गरेका हुन् । अस्पतालमा यसअघि रहेको ६ बेडको डायलाइसिस सेवालाई १० बेडमा बिस्तार गरिएको हो । स्वास्थ्यमन्त्री थारूले रेड्रो पोजेटिभ र हेपाटाइटिस बी तथा सीका बिरामीका लागि दुई बेड प्रदान गरिने जानकारी दिए ।
अस्पतालमा सेवा विस्तार भएपछि उपचारमा थप सहजता आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए । अस्पतालमा सेवा सुविधा विस्तार हुने क्रम जारी रहेको र प्रादेशिक अस्पताल बनेपछि सुधारका लागि धेरै काम भएको उनले बताए ।
बिहीबारदेखि विस्तार भएको ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४ सैं घण्टा खटिने पनि ढकालले बताए । यसैगरी, अस्पतालले आईसीयू २० बेडसहित जनरल र इमर्जेन्सी गरी २७ बेडको कोभिड इमरजेन्सी सेवा पनि बिस्तार गरेको छ । अब कोरोना संक्रमित बिरामीको उपचारमा थप सहजता आउने ढकालले बताए ।
अस्पतालले यसअघि पनि करिब आधा दर्जन सेवा विस्तार गरेको थियो । एउटा अक्सिजन प्लान्ट रहेको प्रादेशिक अस्पतालमा केही महिनाअघि थप एउटा जडान भइ दुई वटा प्लान्ट पुगेको छ भने थप एउटा प्लान्ट जडान प्रक्रियामा छ । अस्पतालमा अब क्यालेस प्रणाली अपनाइने र यसको तयारी भैरहेको मेडिकल सुपरिटेन्डेन्ट डा। ढकालले बताए । एक वर्षदेखि रोकिएको आमा सुरक्षाभत्ता पनि अस्पतालले उपलव्ध गराउन थालेको छ ।
कोभिड भत्ता मन्त्रालयबाट प्राप्त भएको र छिट्टै चिकित्सक तथा कर्मचारीले पाउने उनले जानकारी दिए । अस्पतालको स्तरोन्नतिका लागि १० तला भवनको गुरुयोजना बनाइ काम अगाडि बढाइएको छ । त्यस्तै, अस्पतालमा एमआरआई र क्याथ ल्याब सेवा अगाडि बढाउन टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण