मजदुरलाई राजनीतिमा आउन आह्वान
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले मजदुरहरूलाई राजनीतिमा आउन आग्रह गरेका छन् । उनले मजदुरी गरेका मन्त्री बनेका व्यक्तिहरुले वास्तविक मजदुरको समस्या बुझ्न सक्ने र सोही अनुसार निर्णय गर्न सक्ने भएकाले मजदुरहरु पनि राजनीतिमा आउनुपर्ने बताए ।
नेकपा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनलाई बिहीबार बुटवलमा सम्बोधन गर्दै उनले मजदुरहरु राजनीतिमा आएपछि मात्र उनीहरुको भविष्य सुरक्षित हुने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै यातायात मजदुर सहभागी हुनुपर्नेमा जोडसमेत दिए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले एमालेले मात्र मजदुरका समस्या समाधान गर्ने दाबी गरे । योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा ल्याउन नदिन अनेक प्रयास भइरहेको भन्दै उनले मजदुरहरुलाई चनाखो हुन आह्वान गरे ।
यस्तै जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायात क्षेत्रमा सेटिङ हुँदा श्रमिक र मजदुरहरु अनाहकमा जेलमा जानुपर्ने अवस्था सिर्जना भएको बताए ।
तीन दिनसम्म चल्ने अधिवेशनमा देशभरबाट ३५० भन्दा बढी यातायात मजदुर नेता सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण