सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, कर्मचारी पक्राउ
सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको आरोपमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैकले पत्राचार गरेपछि मात्र थाहा पाएको सञ्चालक समितिका अध्यक्ष डा. अर्जुन बरालले बताए ।
अहिले प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्र वास्तविकता बाहिर ल्याउन सकिने उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।
नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराईले २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख भट्टराई, बैंकका सिईओ नविन सुवेदीका फुपूका छोरा हुन् । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो ।
१ मङ्सिरदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिइएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ । काबेली विकास बैक र सप्तकोसीबीच मर्ज भएको थियो ।
सञ्चालक समितिका निवर्तमान अध्यक्ष निरौला एमालेका नेतासमेत हुन । उनी विराटनगर महानगरपालिकाका कर्मचारीसमेत हुन् । बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडले मेयर भएको समयमा खाद्य विज्ञका रूपमा उनलाई जागिर दिएको थियो । पछि उनी विराटनगरमा सरुवा भएर आएका थिए ।
बैंकको अध्यक्ष बरालले बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा धरापमा नपर्ने बताए । उनले आर्थिक हिनामिनाले तत्काल बैंकको नाफा घट्ने तर पछि कर्मचारीबाट असुल उपर गरेपछि त्यो परिपूर्ति हुने दाबीसमेत गरे । उनले आन्तरिक छानबिन समेत गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण