अप्रेटरकाे आन्दाेलनले २२० घरधुरी अन्धकारमा
विद्युतका अप्रेटरले एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै छुईपुग जलविधुत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका-८ को खोल्सी र नाम्खा गाउँपालिका- ४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत आयोजनाकाे सेवा बुधबारबाट बन्द गरिएको छ ।
विद्युत् आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारबाट सेवा बन्द गरेर विराेध जनाएका हुन् । गतवर्षको माघ महिनादेखि विद्युत सञ्चालन गर्दै आएको भए पनि आफूहरूले पाउने सेवासुविधा र पारिश्रमिक नपाएपछि विद्युत सेवा नै बन्द गर्न बाध्य भएको अप्रेटर ग्याल्जन लामाले बताए ।
अप्रेटर लामाले भने, 'आफू दुबै जनाले मासिक रूपमा पाउनुपर्ने दश दश हजारका दरले हो । एकवर्ष भई सक्यो प्रति व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने हो । तर, कसैको ध्यान जान सकेको छैन । त्यसैले गत बुधबारबाट विद्युत सेवा बन्द गर्ने निर्णय गरेका हौँ ।'
विद्युत बन्द गरिएपछि दुईवटा वडाका २२० घर दूरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सी गाउँका ९० घरधुरी, लामा खोल्सी र खगालगाउँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अप्रेटरलाई तलव खुवाउने निर्णय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण