कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
इस्टिमेट अनुसार २६ बिरामी चेक जाँच गर्ने कक्ष, माथिल्लो तल्लामा बिरामी भर्ना गर्ने कोठा र तेस्रो तल्लामा अस्पताल प्रशासन र चिकित्सक निवास हुने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले बताए ।
नयाँ बन्ने भवनको तीन तल्ला सम्म एम्बुलेन्स पुराउन सकिने गरी डिजाइन गरिएको ड्रिम डेभलोपर्स प्रालिका आर्किटेक्ट सन्दीप डोटेल बताए । यता नगरपालिकाले भवन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । संघीय सरकारको सहयोगमा बन्ने भवनलाई दुई वर्ष भित्र सम्पन्न गराउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण