शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक यातायातमा आचारसंहिता लागु गर्न माग

शुक्रबार, ०९ पुस २०७८, १९ : ०८
शुक्रबार, ०९ पुस २०७८

 जनता समाजवादी पार्टी (जसपा) को भ्रातृ संगठन समाजवादी युवा संघले सार्वजनिक यातायातमा आचारसंहिता लागु गर्न माग गर्दै बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई ध्यानाकर्षणपत्र  बुझाएको छ ।

शुक्रबार बुझाइएको ध्यानाकर्षणपत्रमा महिला तथा शारीरिक अपाङ्ग भएका व्यक्तिहरुका लागि आरक्षण सिट उपलब्ध गराउनुपर्ने बिरामी, वृद्धवृद्धा तथा गर्भवतीका लागि प्राथमिकताका आधारमा सिट उपलब्ध गराउनुपर्ने, उनीहरुले सडकमा हात उठाएपछि प्राथमिकताको आधारमा सवारी रोक्नुपर्ने जस्ता मागलाई ज्ञापनपत्रमा समेटिएको छ ।

सवारी साधनमा तोकिएको सिटभन्दा धेरै यात्रु राख्न नमिल्ने, सार्वजनिक सवारी साधनमा सरकारले तोकेको भाडादर सबैले देख्ने गरी टाँस्नु पर्ने, गाडीमा  अनिवार्य रुपमा प्राथमिक उपचारका साधन राख्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएको समाजवादी युवा संघका नगर समिति अध्यक्ष सुरज हितान मगरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप