म सबैको सभापति हुँ, सबैको भावना समेटेर हिँड्छु : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई समेटेर लैजाने बताएका छन् । सभापति देउवाले आफु सबैको सभापति भएको बताउँदै सबैको भावना समेटेर हिँड्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने बताए । सभापति देउवाले भने, ‘म सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु ।’
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले काँग्रेस जनतासँग भिजेको पार्टी भएको बताउँदै स्थानीय र सबै चुनावमा पार्टीलाई ठूलो बनाउने दाबी गरे । उनले भने, ‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ। काङ्ग्रेस प्रजातान्त्रिक पार्टी छ र यस्तो प्रजातान्त्रिक अभ्यास गर्ने अरु पार्टी छ जस्तो लाग्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद