लुम्बिनी प्रदेशका स्थानीय तहलाई आर्थिक सुशासनका लागि प्रशिक्षण
दायित्वले लुम्बिनी प्रदेशको तीनवटा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासनिक अधिकृत र अन्य अधिकारीहरूका लागि आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिइएको यस दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीहरूको सहभागिता रहेको थियो ।
यस दुई दिने प्रशिक्षणको समापन समारोहमा सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले राजनैतिक र प्रशासनिक नेतृत्वले मिलेर नेपालको स्रोतसाधनको उचित व्यवस्थापन गर्न सके देशलाई उत्पादनशील अर्थतन्त्र र दिगो विकासको बाटोमा सजिलै लैजान सकिने बताए ।
६ वटा भाग रहेको यस आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षणको पाठ्यक्रमलाई तीन चरणमा विभाजन गरेर प्रशिक्षण दिइने लक्ष्य राखिएकोमा हाल दोस्रो चरण अन्तर्गतको दुई भाग पुरा गरिएको हो । पाठ्यक्रमको भाग ३ स्थानीय शासनको आर्थिक दूरदृष्टिको आकारीकरण’ र भाग ४ ‘सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादनको सुदृढीकरण ’ लाई हाल पुरा गरिएको छ ।
प्रशिक्षणको पहिलो र दोस्रो भाग गत महिना पोखरामा सञ्चालन भएको थियो । जसमा आर्थिक सुशासन, अर्थ राजनीति दृष्टिकोण र विश्लेषण, समावेशी नगर सुशासन, नेतृत्वकर्ताको परिचय, नवप्रवर्तनको नेतृत्व, आत्म प्रेरणा र सहानुभूति, सेवा मानसिकता जस्ता विषयहरू माथि प्रकाश पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण