मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

श्रीलंकाविरुद्ध जित्नै पर्ने नेपालमाथि दबाबमा

आइतबार, ११ पुस २०७८, ०९ : २४
आइतबार, ११ पुस २०७८

एसीसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज आइतबार श्रीलंकाविरुद्ध खेल्दैछ । सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबबीच नेपालले बिहान सवा ११ बजे सारजाहमा श्रीलंकाको चुनौती सामना गर्नेछ । 

पहिलो खेलमा नेपाल बंगलादेशसग १५४ रनले पराजित भएको थियो ।  श्रीलंकाले भने पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । नेपालको युवा टोलीले श्रीलंकासँग हालसम्म ५ पटक खेलेको छ । २००८ यता २०१९ सम्म आइपुग्दा पाँचै खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको छ । 

जारी प्रतियोगितामा समूह ‘बी ’मा दुई खेलमा शत प्रतिशत नतिजा ल्याएको बंगलादेश चार अंकसहित शीर्ष स्थानमा छ । एक खेलमा दुई अङ्क बटुलेको श्रीलंका दोस्रो स्थानमा छ । एक खेल खेलेको कुवेत र दुई खेल खेलेको नेपालले अङ्कको खाता खोलेका छैनन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसैले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न नेपाललाई श्रीलंकाविरुद्ध जितको विकल्प छैन ।समूहको अन्तिम खेलमा नेपालले  मंगलबार कुवेतको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप