शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मर्निङ वाक हिँडेकी महिलाको बसको ठक्करबाट मृत्यु

आइतबार, ११ पुस २०७८, १० : १८
आइतबार, ११ पुस २०७८

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा  कमला रेग्मी रहेकी छन् । आइतबार बिहानै मर्निङ वाकको क्रममा उनलाई गाडीले ठक्कर दिएको हो ।

जिल्लाको रामग्राम नगरपालिका–१को सडकमा पैदल यात्रामा रहेकी अन्दाजी ३७ वर्षीया रेग्मीलाई लु २ ख ४०५५ नम्बरको बसले बिहानै करिब साढे ५ बजे ठक्कर दिँदा उनको मृत्यु भएको र घटना पश्चात गाडी र चालकलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप