सात सदस्यको मागपछि एन्फाले बोलायो कार्यसमिति बैठक
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक बस्ने भएको छ । कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औँ कार्यसमितिको बैठक पुस २२ गतेलाई बोलाइएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमितिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुस (बिहीबार) लाई बैठक आह्वान गरेका हुन् ।
१ पुसमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीर बहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले लामो समय एन्फाको बैठक बस्न नसकेको र साधारणसभा जिल्ला लिग, राष्ट्रिय लिग सम्बन्धित छलफल गर्न माग गर्दै बैठक माग गरेका थिए । एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ । जस अन्तर्गत २२ गते एन्फा मुख्यालयमा साढे १२ बजे बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण