मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बैंकका सिइओलाई पक्राउ गर्न माग

मङ्गलबार, १३ पुस २०७८, ०७ : २७
मङ्गलबार, १३ पुस २०७८

सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।

हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिए । बैंकमा करिब रु १६ करोड हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब रु १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फसेको बताइएको छ ।

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन् । “मेरो छोरा निर्दोष छ । परिबन्दमा परेर फसेको हो”, बुबा अमृतप्रसादले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप