जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन
मङ्गलबार, १३ पुस २०७८, ११ : ०९
खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आएको काँग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसकातर्फबाट वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ अस्पताल लगिएपछि गत २८ माघदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण