नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।
समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । लघुवित्तले गत वर्षको नाफाबाट २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
नेपाल हाइड्रो डेभलोपर्सको समायोजनपछि ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा महालक्ष्मीको सेयर प्रतिकित्ता ५६४ रुपैयाँ ४० पैसा, निर्धन उत्थानको एक हजार ५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर्सको ३९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण