शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बन्दसत्रमा माओवादीको खाजासेट : स्याण्डवीचदेखि चिकेन रोष्टसम्म (तस्बिरहरु)

मङ्गलबार, १३ पुस २०७८, १७ : ०५
मङ्गलबार, १३ पुस २०७८

तीन दिनदेखि जारी नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरुलाई सो पार्टीले दिउँसोको खाजाको मात्र व्यवस्था गरेको छ । झण्डै १७ सय प्रतिनिधिहरूलाई दैनिक दिउँसोको खाजा खुवाउन माओवादीले अर्पण बैंकेटले पाएको छ । खाजा बनाउने जिम्मा अपर्णले पाएपनि खाजा वितरणमा माओवादी भ्रातृ संगठन वाइसीएलका कार्यकर्ता खटिने गरेका छन् ।

अपर्णले तयार पारेको ननभेज खाजा सेटमा बटर स्यान्डवीच, सेतो चना, जुस, चिकेन रोस्ट र आलुको पकौडा रहेको छ । त्यस्तै भेजमा सोही सेटको चिकेनरहित खाजा सेट रहेको छ । खाजाको अलवा प्रतिनिधिहरुलाई तीनथरी चियाको व्यवस्था समेत गरिएको छ । जसमा कालो, सेतो र मसला चिया रहेको प्रतिनिधिहरुले बताएका छन् । माओवादीको बन्दसत्र २५ समूह विभाजन गरेर प्रज्ञा भवनसहितका ४ स्थानमा भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप