वर्षासँगैको चिसोले बुटवलका शैक्षिक संस्था दुई दिन बन्द
हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।
उपमहानगरपालिकाद्वारा बुधबार जारी सूचनामा उपमहानगरअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्न आह्वान गरिएको छ ।
यसैबीच वर्षाका कारण बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला पनि स्थगित भएको छ । वर्षा लगातार भएकाले बुधबार दिनभर कुनै कार्यक्रम नगरी मेला स्थगित गरिएको र अव वर्षा रोकिएपछि मात्रै मेला पूर्ववतरुपमा सञ्चालन हुने व्यापार मेलाका संयोजक गोविन्दप्रसाद गैरेले जानकारी दिए ।
एक दिन मेला रोकिँदा करिब तीन करोड बराबरको आर्थिक नोक्सानी हुने उनले बताए । 'स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण' भन्ने नाराका साथ यही पुस ८ गतेदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सञ्चालन भइरहेको छ । व्यापार मेला पुस २० गतेसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण