शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लागुऔषधसहित तीन जना पक्राउ

बिहीबार, १५ पुस २०७८, १० : ५७
बिहीबार, १५ पुस २०७८

रुपन्देही प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ का २९ वर्षिय नारायण क्षेत्री, गैडहवा–८ का २० वर्षिय रेसम पुन र सोही स्थानका १९ वर्षिय सुजन पुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ।

 जिल्ला प्रहरी कार्यलय  प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार गैडहवा–९ स्थित शेरबहादुर क्षेत्रीको घरमा लागुऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सूर्यपुरा र ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा लुकाई राखेको लागुऔषध फेला परेको हाे

 घरका कोठाहरू खानतलासी गर्दा ब्राउन सुगर जस्तो धुलो पदार्थ अन्दाजी १५ ग्राम तौल भएको लागुऔषध तथा डिजिटल तराजु, मोबाइल ३ थान र नगद ६५ हजार ५ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरी उनले बताए । थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप