पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प
बिहीबार, १५ पुस २०७८, १२ : ०५
इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्यूडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान,जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ। बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ ।
स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिण पश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीको हेड फर कम्प र सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ ।
एजेन्सीले सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडका तीनवटा परकम्पनहरू रेकर्ड गरेको छ। एजेन्सीले मानिसहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी लिइरहन र सचेत रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण