काँग्रेसको लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण
बिहीबार, १५ पुस २०७८, २० : ०२
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर १६ देखि १८ गतेसम्म भैरहवामा सम्पन्न प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
प्रदेश निर्वाचन समितिले बिहीबार भैरहवामा प्रमाणपत्र वितरण गरेको हो । लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा रोल्पाका अमरसिंह पुन मगर निर्वाचित भएका थिए । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री संजय गौतम, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल विक, काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण