राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।
कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले बताए । महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको उनले बताए ।
लुम्बिनी प्रदेशमा २ सय ९६ जना मतदाताहरू रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ । राष्ट्रियसभा सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण