राप्रपा विवेकशील साझाबीच एकता चर्चा : मिलन पाण्डेले दिए चेतावनी
राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको चर्चाका बीच असन्तुष्ट समूहले आपत्ति जनाएको छ । पार्टीको कारबाहीमा परेका मिलन पाण्डे समूहले राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न अध्यक्ष रवीन्द्र मिश्रलाई चेतावनी दिएको हो ।
असन्तुष्ट समूहको तर्फबाट हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाई प्रति आफूहरुको गम्भीर विमति रहेको उल्लेख गरिएको छ ।
'यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ। साथै, पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन हामी पार्टी सदस्यहरूलाई अपिल गर्दछौ,' विज्ञप्तिमा भनिएको छ ।
मिश्र पक्षले किर्ते दस्ताबेज बनाएर निर्वाचन आयोगलाई बुझाएको पनि असन्तुष्ट पक्षले आरोप लगाएको छ । यसबारे आफूहरु अदालत जाने पनि सो पक्षको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
